काठमाडौं उपत्यकामा बिहानै भूकम्पको धक्का।

 

काठमाडौं / काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

शुक्रबार बिहान ७ बजेर ५ मिनेटमा भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्पको गएको भूकम्प मापन केन्द्रले जनाएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.५ म्याग्नेच्युडको भूकम्प गएको थियो।

यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा पनि काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार