सूर्यविनायक जंगलमा मानव कंगाल फेला

भक्तपुर / भक्तपुर जिल्लाको सूर्यविनायक जंगलमा मानव कंंगाल  फेला परेको छ ।

सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुस्थित जङ्गलमा रहेको काफलको रुखमुनी मानव कंगाल  फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरीले काफलको रुखको कापोमा पहेलो नाम्लोसहित हरियो नाइनलको डोरी झुण्डिरहेको, सोही रुखमुनी मानव कंगाल  फेला परेको जनाएको छ ।

त्यसैगरी रातो रङको म्याजिक चप्पल र नजिकैको झाडीमा हिलो माटो लागेको कपडा यत्रतत्र छ रिएर रहेको अवस्थामा कंगाल  फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रहरीले हड्डीको परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाएको छ । प्रहरी घटनास्थलबाट रातो रङ्गको म्याजिक चप्पल एक जोर, एडिड्यास लेखेको कालो ट्राउजर, कालो हुक, आधा बाहुला भएको सेतो टिर्सटसमेत बरामद गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प गिरीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार