एमाले अध्यक्ष ओलिको हटलाइन फोन अफ : सभामुखले गरे एकघण्टा सम्पर्क गर्ने प्रयास ।

काठमाडौं / आज बसेको सर्वदलीय बैठक निष्कर्ष बिहिन बनेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले अनुपस्थित भए पछि बैठक बिन निष्कर्षमा टुङ्गिएको हो ।

सभामुखले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्षलाइ उपस्थितिका लागि फोन सम्पर्क गर्दा सम्पर्क नै नभएको सभामुख सापकोटाले बैठकमा ब्रिफिङ गरेका छन ।

सर्वदलीय बैठक आव्हान पछि आज सोमबार बिहान एक घण्टा सम्म फोन सम्पर्क गर्दा पनि कल उपलब्ध हुन नसकेको सभामुखले जानकारी गराएको बताए ।

सभामुखले ओलिको हटलाइन फोनमा एक घण्टा सम्म सम्पर्क गर्ने प्रयास गरेको बताए । फोन स्वीच अफ गरेर राखेको हुन सक्ने पनि बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार