सम्झना थापा मगरको मुक्तक कति बाचुँ म पिडा लुकाएर

१. कति बाचुँ म पिडा लुकाएर

दिन प्रतिदिन आशुँ सुकाएर

जति समस्याहरु आए पनि

बसेकी छैन म शिर झुकाएर

२.माया नै मायाले भर्छु भन्नेले

आज तिम्रो लागि समुद्र तर्छु भन्नेले

आज चटक्कै छाडेर कता गयो कता

कुन्नी तिमी विना ज्युदै मर्छु भन्नेले आज

३. सम्झिएर बितेका ती पल रुने बनायौ

रुदा रुदा आँशुले सधैं मुख धुने बनायौ

सब थोक तिम्रै हो भन्थ्यौ भन्न त तर

आज किन तस्वीर मात्र छुने बनायौ

४. सधैं पोल्छ मुटु यस्तो हाल कसरी बताउ

धड्कन र ढुकढुकीको चाल कसरी बताउ

हार खाइसके म ब्यथालाई बुझ्न नसक्दा

जीवनको बाँच्ने र मर्ने साल कसरी बताउ

 

सम्झना थापा मगर पु.ब.न.पा – ७ साधीँखोला स्याङ्जा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार