आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ ।

काठमाडौं / जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा काठमाडौंका अनुसार हाल नेपालमा भारतको ओडिसा र आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ।

हाल प्रदेश नं १, प्रदेश नं २ र सुदुर पश्चिम प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली सहित थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ भने वाँकी प्रदेशका भूभागमा आंशिक बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ भाद्र २९ गते (मंगलबार)

दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही बाग्मती, गण्डकी प्रदेशका केही र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ भाद्र ३० गते (वुधबार)

दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर सामान्य बदली रही प्रदेश नं १ , प्रदेश नं २ र वागमती प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका केही भूभागमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ भाद्र ३१ गते (विहीबार)

दिउँसो: देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श ।

देशको धेरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार