बस र ट्रक एकआपसमा ठोक्किदा ३ जनाको मृत्यु २४ जना घाइते

काठमाडौं / गैंडाकोटमा बस र ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्।

गैंडाकोट नगरपालिका १० स्थित २३ स्मृति पुलनजिकै पश्चिमतर्फ जाँदै गरेको सु.प्र.–०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए।

बस सडकबाट तल खस्दा ३ जनाको मृत्यु भएको र २४ जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा २ जना महिला र १ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार