वडा कार्यालय भित्र अमर्यादित रुपले बसेका रुपन्देहीको एक वडा अध्यक्ष सामाजिक संजालमा भाइरल

मर्चवार / रुपन्देहीको एक वडा अध्यक्षले वडा कार्यालय भित्र कुर्सीमा बसेर टेबल माथी खुट्टा राखी सुतेको जस्तो देखिने फोटो अहिले सामाजिक संजालमा भाइरल भएको छ।

सो घटनाको जिम्मेवार रुपन्देहीको ओमसतिया गाउपालिका वडा नं ५ का वडा अध्यक्ष ओमप्रकाश चौधरी हुन ।

एक दिन अगाडि जनमत पार्टीका नेता संजय कुमार मिश्राले आफ्नो फेसबुक प्रोफाइलमा वडा अध्यक्ष चौधरीले कार्यालय भित्र सुतेको जस्तो गरेको र सेवाग्राहीले सेवा लिएको जस्तो देखिएको फोटो राख्दा अहिले सो तस्वीर भाइरल बनेको हो ।

जनमत पार्टीका नेता मिश्राले आफ्नो फेसबुक वालमा यस्ता नेताले के समाजमा बिकास गर्छन जस्ता शब्द प्रयोग गरि सामाजिक संजालमा पोस्ट गरेका छ्न ।

उक्त पोस्टमा कतिपय ब्यक्तिहरुले वडा अध्यक्ष चौधरीले अराम गरेको त कतिले संन्चो न भएको व कतिपयले त भ्रष्ट वडा अध्यक्ष माथि कारवाही हुनुपर्ने भन्दै टिकाटिप्पणी गरेका छ्न ।उक्त वडा अध्यक्ष चौधरी रास्ट्रीय प्रजातन्त्र पार्टीका जिल्ला सदस्य पनि हुन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार