ट्रक दुर्घटनामा चालकको मृत्यु ट्रकमा सवार १४ बर्षिय राजकुमार विक घाइते ।

काठमाडौं । तनहुँको पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका १ मुसेखोलामा आज बिहानै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा २८ वर्षीय चालकको मृत्यु भएको हो ।

मृतकको नामथर नखुलेको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

दुर्घटनामा ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार विक घाइते भएका छन् । उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । उनको खुट्टा र कुहिनोमा चोट लागेको छ ।

ट्रक सडकबाट १० मिटर तल बुल्दीखोलामा खसेको प्रहरीले जनाएको छ ।मृतकको शव दमौली अस्पतालमा राखिएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार